निम्बतरु, अर्घाखाँची
चाहिने जो जिन्दगीमा के छ ?
भएभरको सप्पै छ
नभएको एक हात चिहान हो
त्यो पनि निश्चित भएको छ
जमानामा उफ्रीयो नी उफ्रिनु
अरू माथि
अहिले आफूमाथि परेपछि
खुम्चेर बस्नु परेको छ खुम्रे कीराजस्तो ।
हल्का भएर बस्नु छ
पुरै हल्का भएर
नितान्त प्वाँखजस्तो
सुईंत्त उडाओस्
मोरो ढाकेर जन्ती जान सकिएन
पहिला चुल्हो ठूलो भयो
अचेल चुल्ठो ठूलो भयो
सपनाहरु आलै छ
तर
हलो पनि अलिक नच्यापे बारी जोतिन्न ।
वि.सं.२०८१ असार १ शनिवार ०८:२० मा प्रकाशित






























