back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ असार १ शनिवार

1.2K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौं 

हाम्रा सौरभ
सहासिक गोर्खाली
साझा गौरब ।१.

गरौँ सहास
नेपाल र नेपाली
हरौँ सकस।२.

वीर गोर्खाको
इतिहास त्यागको
धिर पुर्खाको ।३.

रोकौँ विनाश
नागरिक मिलेर
गरौँ बिकास ।४.

छाडौँ तमासा
राष्ट्रघात पाप हो
मारौँ तमाचा।५.

हिँउ बचाउँ
पानी छ त जीवन
रुख लगाउँ।६

हाम्रो मन्जुरी
विज्ञानमा विवेक
अति जरुरी।७

रक्षा प्रकृति
स्वच्छ राखौँ धरती
फालौँ विकृति ।८

बुझौं वेदना
स्वच्छ सफा रहने
भरौँ चेतना ।९

बल बुध्दिले
हरियाली बढाऔं
यन्त्र युक्तिले।१०

 

वि.सं.२०८१ असार १ शनिवार ०८:२१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...