back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ असार १ शनिवार

1.4K 

shares

लक्ष्मी स्मृति, बिराटनगर


यता उता घरिघरि नजर तन्काउँदै आउनू
मठ,मन्दिर, देवी, देउराली मन्साउदै आउनू
अझैसम्म पनि मेरो बस्ती अनकन्टार नै छ,
बाटोभरी काँडा होलान् पन्छाउँदै आउनू ।


आँखा छल्दै, सकुञ्जेल ढाट्दै भ्याई नभ्याई छ
चोक,गल्लीतिर सपना साट्दै भ्याई नभ्याई छ
साह्रै बेरोजगार भएँ भन्छौ कसरी पत्याउनु खै ?
तिमीलाई अरू कै कुरा काट्दै भ्याई नभ्याई छ ।


जे देखाए पनि सपना सजाएरै बिग्रेको हामी
आफू सप्रन इतिहास भजाएरै बिग्रेको हामी
एउटा आउँछ उफार्छ, अर्को आउँछ लडाउँछ
बकम्फुसे कुरामा ताली बजाएरै बिग्रेको हामी ।


जिउ ज्यानले बलियो पुरा चाहिदैन हजुर
धाराप्रवाहले बोलेका कुरा चाहिदैन हजुर
सानै बचन काफी हुन्छ जन्मभरका निम्ति
यो मन मार्न भाला, छुरा चाहिदैन हजुर ।


एक एक गरि रहर छर्छु भेट्दै भेटदिन्
ईश्वर भाक्दै पाउमा पर्छु भेट्दै भेटदिन्
पिरतीको हिसावमा चुक्यौ भन्छौ तिमी ,
जोड, घटाउ, गुणा गर्छु भेट्दै भेटदिन् ।

 

 

वि.सं.२०८१ असार १ शनिवार ०८:१९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...