back
CTIZAN AD

स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी तत्काल रिहा गर्न चीनसँग अमेरिकाको माग

वि.सं.२०८१ असार ५ बुधवार

1K 

shares

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी हुवाङ जुएकिन (सोफिया हुवाङ) साथै श्रम अधिकारकर्मी वाङ जियानबिङलाई अन्यायपूर्ण सजायको दिइएको भन्दै उनीहरूको तुरुन्त रिहा गर्न बेइजिङसँग आग्रह गरेको छ ।

“हामी चीनलाई हुवाङ र वाङका साथै आफ्नो मौलिक स्वतन्त्रताको प्रयोग गरेको आरोपमा अन्यायपूर्ण रूपमा हिरासतमा राखिएका अन्य व्यक्तिलाई तुरुन्तै रिहा गर्न आग्रह गर्दछौँ,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा भनिएको छ ।

चिनियाँ प्रशासनले लामो समयसम्मको अनुसन्धान र परक्षिणपछि हुवाङलाई पाँच वर्ष तथा वाङलाई तीन वर्ष र छ महिनाको जेल सजाय सुनाएको हो ।

यसबाहेक, अमेरिकी विदेश विभागले चीनलाई अभिव्यक्ति र निष्पक्ष परीक्षणजस्ता स्वतन्त्रतासहित मानव अधिकारको सम्मान गर्ने आफ्नो वाचा कायम राख्न आग्रह गरेको छ ।

“हामी जन गणतन्त्र चीनलाई आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष परीक्षणको सुनिश्चिततासहित मानव अधिकारको सम्मान गर्न आह्वान गर्दछौं । साथै मानव अधिकार रेकर्डको विश्वव्यापी आवधिक समीक्षाको क्रममा यस वर्ष गरिएका धेरै सिफारिसहरू स्वीकार गर्न पनि आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

हुवाङले चीनको मिटु आन्दोलनको समयमा यौन उत्पीडनको रिपोर्ट गर्न पीडितहरूका लागि एक सामाजिक सञ्चार प्लेटफर्म सिर्जना गरेका थिए । उनले विश्वविद्यालय र कार्यस्थलहरूमा यौन उत्पीडन चिन्ताको विषय भएको सर्वेक्षणहरू साझा गरेको ‘द भ्वाइस अफ अमेरिका’ले जनाएको छ । सन् २०१९ मा हङकङमा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

भ्वाइस अफ अमेरिकाका अनुसार, वाङ सन् २०१४ देखि श्रमिकहरूको अधिकार र अपाङ्गता भएका व्यक्तिहरूका लागि वकालत गर्दै आएका थिए ।

अनलाइन समर्थन समूह फ्रि हुआङ जुएकिन र वाङ जियानबिङका अनुसार हुवाङले सजायविरुद्ध पुनरावेदन गर्ने योजना बनाएका छन् । (रासस\एएनआई)

 

वि.सं.२०८१ असार ५ बुधवार २१:१९ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...