back
CTIZAN AD

लघुकथा : विदेश यात्रा

वि.सं.२०८१ असार ८ शनिवार

1.9K 

shares

म्यामराज राई,भोजपुर हाल (जापान)

करिब एक महिनाको दशैँ–तिहार बिदा भयो । सिमरान सर सात वर्ष विद्यालयमा पढाएर त्यही बिदा अवधिमा एकाएक हराउनुभयो ।

स्वदेशमा मिहेनत गरे के चाहिँ हुँदैन ? खाडी जानु राम्रो हैन । उनीहरूको गुलामी बनेपछि हामीलाई हेप्छन् । हाम्रो देशलाई हेप्छन् । भाषा, संस्कार, संस्कृति, खानपान, भेषभूषा केही मिल्दैन । विचार नमिलेपछि जानाजान आगोको भुङ्ग्रोमा हाम फाल्नु जस्तै हो अर्काको देश जानु भनेको । भूतपूर्व विद्यार्थीहरू मध्ये पहिलोले सिमरान सरको बारेमा आफूहरूलाई पढाउने क्रममा र चिया गफमा सम्झाउने कुराहरू सम्झ्यो ।
नेपाली पढाउनुहुन्थ्यो । मिजासिला हुनुहुन्थ्यो । साहित्य भनेपछि हुरुक्कै । यतिसम्म कि, नेपाली साहित्यको रस हामीमा पनि भरिदिनुभो । र, नै अहिले मेरो फुर्सद साहित्य पठन, लेखनमा सदुपयोग गर्न सकेँ । दोस्रो विद्यार्थीले पनि सिमरान सरसँग जोडिएका सम्झानाहरू मनभित्र असरल्ल पार्यो ।

सिमरान सरले पढाएका ती दुवै विद्यार्थीहरू छ महिनाको अन्तर भएपनि एकै वर्षमा जापान प्रवेश गरेका रहेछन् । संयोगवश अहिले दुवै एकै कम्पनीमा काम गर्छन् ।साप्ताहिक बिदा आईतबारको दिन व्यस्त शहर टोक्योको एउटा पार्कतिर टहलिन गए । त्यो पार्कमा अचानक सिमरान सरसित ती दुईको भेट भयो । हराएको बुवा पराई भूमीमा भेटेको भान भयो दुवैलाई । हत्तपत्त पहिलोले जिज्ञासा राख्यो,‘तपाईले विद्यालय अचानक छोडेदेखि तपाईको अभाव महसुस गरिरह्यौँ । सर, पनि यहाँ ?’

दोस्रोले पनि कौतुहलता पोखिहाल्यो, ‘विदेश जानु हुँदैन भन्दै यसको विपक्षमा उभ्नुहुन्थ्यो त, सर !’

‘जापान, कोरिया लगायत विकसित देशमा जानु हुँदैन त भनेको जस्तो लाग्दैन ।’

वि.सं.२०८१ असार ८ शनिवार ०८:२५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...