विनोद परिवर्तित,पोखरा, हाल गोरखा
राखी सबुत हजारौं के बोल्नु दाखिलामा
भक्तिले एकपल्ट शिर राख्नुहोस् शिलामा
हाम्रै हो जिन्दगानी सस्तैले बेचिने त
विरुवाले भाउ थप्दै–थप्दैछ कोपिलामा
चर्को पिरो जे बोल्छ जिब्रो छ स्वाद साक्षी
खित्का छुटाई हाँस्न, को बाध्य चुड्किलामा ?
औसत जिएको मान्छे आनन्दले गए झैँ,
जाने रहर छ माथि हाँस्दैको सिलसिलामा
बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफऊल फइलातुन मफऊल फइलातुन
वजन : २२१, २१२२, २२१, २१२२
वि.सं.२०८१ असार २२ शनिवार ०७:२४ मा प्रकाशित






























