back
CTIZAN AD

प्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन

वि.सं.२०८१ साउन १० बिहीवार

969 

shares

 

काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ । प्रभु बैकको सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले स्टक मार्केटको बुधवार एक समारोहकाबीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केटले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको बताए ।

त्यसैगरी, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्म प्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बुद्धनगर -१०, नयाँबानेश्वर काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी रु २० करोड रहेको कम्पनीले जनाएको छ ।

 

 

 

 

 

वि.सं.२०८१ साउन १० बिहीवार १२:०३ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...