back
CTIZAN AD

मध्यपूर्वमा युद्धको आशङ्का बढेसँगै बाइडेनले राष्ट्रिय सुरक्षा प्रमुखहरूसँग  संकट वार्ता गर्ने

वि.सं.२०८१ साउन २२ मंगलवार

705 

shares
वासिङ्टन ।  (रासस÷एएफपी)  तेहरानमा हमास नेताको हत्याको प्रतिशोधमा इजरायलमाथि इरानको आक्रमणको आशङ्का बढेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग सङ्कट वार्ता गर्दैछन्  ।
मध्यपूर्वमा अवस्थालाई पूर्णरूपमा युद्धमा रूपान्तरण हुनबाट रोक्ने उद्देश्यले कूटनीतिको हिस्साका रूपमा बाइडेनले जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग फोन वार्ता गरेका छन् ।
इरानले हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याप्रति सोमबार चाँडै प्रतिक्रिया दिन सक्ने रिपोर्टहरूले सुझाव दिएपछि संयुक्त राज्य अमेरिकाले इजरायलको समर्थनका लागि यस क्षेत्रमा थप लडाकू जेट र युद्धक विमानहरू तैनाथ गरेको छ ।
विलमिङ्टन, डेलावेयरमा आफ्नो घरबाट एक साताको फिर्तीपछि बाइडेन ‘मध्यपूर्वमा घटनाक्रमहरूका बारेमा छलफल गर्न’ ह्वाइट हाउसको सिचुएसन रूममा आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग भेट्ने ह्वाइट हाउसले बताएको छ ।
बैठक वासिङ्टनको समयानुसार दिउँसो २ः१५ बजे निर्धारण गरिएको छ । उक्त समय तेल अभिवमा राति ९ः१५ र तेहरानमा ९ः४५ बजे हुनेछ ।
बाइडेनले विलमिङ्टन छाड्नुअघि राजा अब्दुल्लालाई फोन गरेको ह्वाइट हाउसले बताएको छ ।
इरानले हानियाको हत्याको आरोप इजरायलमाथि लगाएको छ । इजरायलले भने आक्रमणका बारेमा प्रत्यक्षरूपमा कुनै टिप्पणी गरेको छैन । हानियाको हत्या बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएको केही घन्टापछि भएको थियो ।
अमेरिकी समाचार साइट एक्सियोसका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार एक कन्फरेन्स कलमा जि ७ मुलुकका आफ्ना समकक्षीहरूलाई हिजबुल्लाह र इरानबीच संयुक्त रूपमा हुनसक्ने अपेक्षा गरिएको कुनै पनि आक्रमण २४ देखि ४८ घन्टाभित्र हुनसक्ने बताएका थिए ।

वि.सं.२०८१ साउन २२ मंगलवार १०:२० मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...