बिमला चन्द सानू
बैतडी हाल- काठमाडौं
म जस्तै छ तिम्रो रहर जिन्दगीको
बढेको बढ्यै छ कहर जिन्दगीको ।।
कहाँ सम्म पुग्छ खुसीको किनारा
सधैं प्यासमा छ नहर जिन्दगीको ।।
उकालो ओरालो छ बाटो हिलाम्मे
हिँडे खोज्छ रोक्न लहर जिन्दगीको ।।
बहाना त केवल हो बाच्ने सहारा
सधैँ पिउनु पर्ने जहर जिन्दगीको ।।
न लाखौंको माया न इच्छा छ जित्ने
बित्यो हर खुशीमा प्रहर जिन्दगीको ।।
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फ़ऊलुन फ़ऊलुन फ़ऊलुन फ़ऊलुन
वजन : १२२, १२२, १२२, १२२
वि.सं.२०८१ साउन २६ शनिवार ०९:२२ मा प्रकाशित





























