back
CTIZAN AD

गजल

वि.सं.२०८१ साउन २६ शनिवार

975 

shares

धनसिंह गिरि, दाङ, घोराही

तिमीलाई नै खुद हुँ छानेको मैले
छु तिम्रा गुन सारा बखानेको मैले

मलाई जब राजा भनेरै बोलायौ
तिमीलाई रानी छु मानेको मैले

तिमी जे जे माग्छ्यौ म गर्ने छु पूरा
रहर छन् जे तिम्रा छु जानेको मैले

भरोसामा तिम्रै छु जीवन गुजार्दै
यसैले छु सर्वस्व ठानेको मैले ।

तिमी सङ्ग बोल्ने मिल्यो जुन यो अवसर
यो मौकामा चौका छु हानेको मैले

बहर -अनुराग
अर्कान -मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
वजन – १२२२ , २२ , १२२२ , २२
काफिया – आ
तहलिली रदिफ -नेको
रदिफ -मैले

वि.सं.२०८१ साउन २६ शनिवार ०९:३४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...