back
CTIZAN AD

इरानका भविष्यवक्तालाइ बलात्कारको आरोपमा मृत्युदण्ड

वि.सं.२०८१ भदौ ६ बिहीवार

771 

shares
तेहरान । मध्य इरानमा अधिकारीहरूले आफ्ना ग्राहकहरूसँग बलात्कार र यौन उत्पीडन गरेको आरोपमा एक भविष्यवक्तालाई मृत्युदण्ड दिएको न्यायपालिकाले बुधबार बताएको छ ।
“महिला र युवतीहरूलाई आक्रमण गर्ने भविष्यवक्तालाई याज्द जेलमा मृत्युदण्ड दिइएको छ”, इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटका अनुसार मध्य प्रान्तका मुख्य न्यायाधीश होसेन तहमासेबीले भने, “याज्दको क्रान्तिकारी अदालतले जारी गरेपछि र सर्वोच्च न्यायिक प्राधिकरणले पुष्टि गरेपछि यी बलात्कारी भविष्यवक्ताको सजाय लागु गरिएको थियो ।”
तहमासेबीका अनुसार ती व्यक्तिले आफ्ना ग्राहकहरूलाई धोका दिन भविष्य बताउने सेवाहरूको प्रयोग गरेर ‘झुटो बहानामा महिला र युवतीहरूमाथि कुटपिट र बलात्कार गरेका थिए ।’
दोषीलाई सन् २०२० मार्च र सन् २०२१ मार्चको बीचमा कुनै समयमा पक्राउ गरिएको थियो र उनीविरुद्ध ‘उजुरीहरूको सङ्ख्या’ का कारण माफीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरिएको थियो ।
इरानमा बलात्कार र यौन उत्पीडनलगायत धेरै अपराधमा मृत्युदण्डको प्रावधान छ ।  नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा प्रलोभनमा पारेर बेहोस हुने औषधिको इन्जेक्सन लगाई महिलाहरूलाई बलात्कार गरेको आरोपमा तीन जनालाई इरानले सन् २०२३ मा मृत्युदण्ड दिएको थियो । उनीहरूलाई सन् २०२१ को अन्त्यमा दक्षिणी प्रान्त होर्मोजगनमा यौन उत्पीडनको १२ घटनामा षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।
एमनेस्टीलगायत मानवाधिकार समूहहरूका अनुसार चीनबाहेक इरानले कुनै पनि अन्य मुलुकको तुलनामा हरेक वर्ष धेरै मानिसलाई मृत्युदण्ड दिने गरेको छ । इरानले सामान्यतया फाँसी दिएर मृत्युदण्ड दिने गरेको छ । एएफपी

वि.सं.२०८१ भदौ ६ बिहीवार ०७:३२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...