back
CTIZAN AD

बङ्गलादेश  राजनीति : पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

वि.सं.२०८१ भदौ ७ शुक्रवार

1.1K 

shares
ढाका ।  बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ ।
हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।
ढाकामा हसिनाको सरकारी निवासमा भीडले आक्रमण गर्दा उहाँलाई सत्ताबाट अपदस्थ गर्नुअघिका हप्ताहरूमा धेरैजसो प्रहरीको गोलीबाट गरी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।
विरोध प्रदर्शनका क्रममा कथित मानवाधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भन्नेबारे मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घको टोली बिहीबार बङ्गलादेश पुगेको छ ।
“पूर्वप्रधानमन्त्री, उहाँका सल्लाहकार, पूर्वमन्त्रिपरिषद र विघटन भएको संसद्का सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए”, गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “यदि उनीहरूलाई पदबाट हटाइएको छ वा सेवानिवृत्त गरिएको छ भने उनीहरू र उनीहरूको पति÷पत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ ।”
हसिनाको सरकारमाथि ठूलो मात्रामा दुर्व्यवहार गरेको आरोप लगाइएको थियो । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या थियो ।
हसिना र उनको कार्यकालमा अन्य पूर्व शीर्ष अधिकारीहरूले मानक राहदानीका लागि आवेदन दिनसक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहने ढाकाका नयाँ अधिकारीहरूले बताएका छन् ।
“उपर्युक्त व्यक्तिहरूले सामान्य राहदानीका लागि नयाँ आवदेन दिँदा दुईवटा सुरक्षा निकायले उनीहरूको राहदानी जारी गर्नका लागि निवेदनलाई मञ्जुरी दिनुपर्छ”, मन्त्रालयले भनेको छ । (एएफपी)

वि.सं.२०८१ भदौ ७ शुक्रवार ०८:०२ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...