बि के मुखिया, दार्जिलिङ,भारत
बढ्न थाल्यो व्यथा तिर्सनामा
बुझ्छ यो मन कहाँ सम्झनामा
जिन्दगी फुल्दछन् साधनामा
मूर्ख नै रम्छ आलोचनामा
मन दुखेको छ कसरी म हाँसूँ
दुख्छ छाती निकै वेदनामा
नेत्र जुध्यो अकस्मात हाम्रो
रात सारा बित्यो कल्पनामा
प्रेम रोगी बनायौ मलाई
प्यार चोखो थियो चाहनामा ।
बहर : मुतदारिक मुसम्मन महजूज
अर्कान : फाइलुन्, फाइलुन् फाइलुन् फे
वजन : २१२ – २१२ – २१२ – २
काफिया : अना
तहलिली रदिफ : मा
अभ्यास : परिश्रमी पाठशाला ( बहर-छन्दशाला )
वि.सं.२०८१ भदौ ८ शनिवार ०५:३५ मा प्रकाशित





























