back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ ८ शनिवार

1.5K 

shares

कपिल किशोर घिमिरे, दाङ

मन रुँदै छ तन छ किन्तु खुब रमाएजस्तो
घर उही छ रङ नयाँ देखिन्छ लाएजस्तो

गेरु बस्त्र भिर्छ उसले काम गर्दै चोरी
ढोङ गर्दै हिँड्छ साँच्चै ज्ञान पाएजस्तो

गर्दछन् नेता कुरा खुब काम हुन्नन् केही
लाग्छ तिनकै मात्र पालो खास आएजस्तो

राष्ट्रको धन चोर्दछन् जो जेल भोग्छन् तिनले
गर्दछन् खै किन हो कारा मन पराएजस्तो

स्वार्थ आफ्नो गर्न पूरा लाग्दछन् जो मानिस
चाकरीमा गर्दछन् ती शिर झुकाएजस्तो

बहर : रमल मुसम्मन अवतर
अर्कान : फाइलातुन् फाइलातुन् फाइलातुन् फैलुन्
वजन : २१२२ – २१२२ – २१२२ – २२

 

वि.सं.२०८१ भदौ ८ शनिवार ०५:३६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...