back

तीज विशेष सुसेली

वि.सं.२०८१ भदौ १५ शनिवार

573 

shares
NTC AD

 

सुशीला ढकाल अधिकारी ’श्री’
बानियाँटार, काठमाडौं

१.
तीज आएको
माइत जान मन
धेरै लागेको ।
२.
जान्छु माइत
स्वामी राजै दिनु है
छिट्टै साइत ।

३.
आलु तामाको
धेरै याद आउँछ
मेरी आमाको ।

४.
आमा दुःखी छिन्
छोराछोरी सम्झेर
धेरै रोकी छिन् ।

५.
भेट्न आउँछु
यो मनको तिर्सना
मेट्न आउँछु ।

६.
एक नम्बर
खुबै धेरै नाचौँला
भाँचि कम्मर ।

६.
बेथा कहेर
आफ्नो बह पोख्नुछ
जम्मा भएर ।

७.
दर खाएर
नाचौँ दिदी बहिनी
सारी लाएर ।

८.
तिजको बेला
शिवजीको मन्दिर
ठेलमठेला ।

९.
तिज आउँदा
मन मेरो फुर्कियो
खुसी छाउँदा ।

१०.
तिजको गीत
नाची गाइ रमाई
लगाऊँ प्रीत ।

वि.सं.२०८१ भदौ १५ शनिवार ०७:४४ मा प्रकाशित

ADBL AD
पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई

पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई

काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनले यसवर्षको ‘पद्मश्री...

कविता : प्रेम उपासक

कविता : प्रेम उपासक

विदुर अधिकारी, चितवन प्यारी हौ तिमी,जीवनको घर तिम्रा साधना, छन्...

चारु

चारु

दिपक पनेरु, सागरनाथ,सर्लाही झुटो सम्बन्धको असलियत देखिन थालेको छ मित्रतामा...

सुसेली : तिज

सुसेली : तिज

कल्पना दाहाल, काठमाडौं १. मामा आमा छन् चेलीबेटी सम्झेर खुसी...

कविता : इतिहासका साक्षी

कविता : इतिहासका साक्षी

पूजन मिश्र, भक्तपुर यो धर्तीका जीवित देउता वृद्धवृद्धा दुवै, आदरले...

गजल

गजल

विजय मुखिया बिम्ब,दार्जिलिङ भएँ लाचारझैँ तिम्रा, नजरका ती इसाराले दुखायो...