back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ १५ शनिवार

1K 

shares

डा. घनश्याम परिश्रमी

बढ्न छाडेन कत्ति अत्याचार
भ्रष्टको नै चल्यो यहाँ व्यापार

खुब छ जनता सुनाउँदै आवाज
सुन्न तत्पर कहाँ छ खै, सरकार

ओठमा छैन प्रीतिको मुस्कान
देख्छु उनको निकै मलिन अनुहार

लाग्न थाल्यो मलाई एकाएक
आफ्नो घर नै भयो कि कारागार

जे पढे त्यो गरेनछन् अभ्यास
निस्किएछन् उनी बनी खुङ्खार

बहर : खफिफ मुसद्दस मख्बुन मुसक्किन मक्सुर
अर्कान : फाइलातुन्, मफाइलुन्, मफ्ऊलु
वजन : २१२२ – १२१२ – २२१
गुनगुनाहट :नाननाना,ननानना, नानान
रदिफ :०
काफिया : आर

( डा. परिश्रमी बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति  हुनुहुन्छ। )

वि.सं.२०८१ भदौ १५ शनिवार ०५:३८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...