back
CTIZAN AD

 राष्ट्रपति राइसी चढेको हेलिकप्टर दुर्घटना खराब मौसमका कारण भएको इरानको भनाइ

वि.सं.२०८१ भदौ १७ सोमवार

747 

shares
तेहरान ।  मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु खराब मौसमका कारण भएको इरानको अन्तिम अनुसन्धानबाट थाहा भएको अनुसन्धान गरिरहेको संस्थाले आइतबार बताएको छ ।
त्रिसठ्ठी वर्षीय राइसी र उनको टोलीलाई लिएर गएको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढाकेको पहाडमा खस्दा राष्ट्रपति र अन्य सात जनाको मृत्यु भएको थियो । साथै यसले मुलुकमा राष्ट्रपति पदका लागि मध्यावधि निर्वाचन सुरु भएको थियो ।
राज्य प्रसारक आइआरआइबीका अनुसार हेलिकप्टर दुर्घटनाको आयाम र कारणहरूको अनुसन्धान गर्ने विशेष बोर्डले हेलिकप्टर दुर्घटनाको मुख्य कारण ‘वसन्त ऋतुमा उक्त क्षेत्रको जटिल मौसम र वायुमण्डलीय अवस्था’ थियो भनेको छ ।
‘अचानक बाक्लो कुहिरोको उदय’ ले हेलिकप्टर पहाडसँग ठोक्किएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मे महिनामा इरानको सेनाले यस्तै किसिमले उक्त दुर्घटनामा आपराधिक गतिविधिको कुनै प्रमाण फेला नपरेको बताएको थियो । दुर्घटनामा रायसीका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानको पनि मृत्यु भएको थियो ।
अगस्टमा फार्स समाचार एजेन्सीले मे १९ को दुर्घटनाको मुख्य कारणमा खराब मौसमको अवस्था र सुरक्षा प्रोटोकलविरुद्ध दुई अतिरिक्त यात्रीसहित हेलिकप्टर चढ्न नसक्ने अवस्थालाई उल्लेख गरेको थियो ।
तथापि इरानी सशस्त्र बलहरूले ‘सुरक्षा प्रोटोकलविरुद्ध हेलिकप्टरमा दुई यात्रीको उपस्थितिका बारेमा फार्स समाचारमा उल्लेख गरिएको अवस्थालाई पूर्णरूपमा गलत भएको’ भन्दै उक्त निष्कर्षलाई तत्काल खारेज गरेको थियो ।एएफपी

वि.सं.२०८१ भदौ १७ सोमवार ०८:०१ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...