back
CTIZAN AD

फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन  तयार रहेको घोषणा

वि.सं.२०८१ असोज १ मंगलवार

783 

shares
स्टकहोम ।   सैन्य गठबन्धनका दुई नयाँ सदस्यले सोमबार छिमेकी फिनल्यान्डमा भावी नाटो ल्यान्ड फोर्स (स्थल सेना) को व्यवस्थापन गर्न स्विडेन तयार रहेको घोषणा गरेका छन् । फिनल्यान्डको सीमा रुससँग जोडिएको छ ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा रुसको आक्रमणलाई दृष्टिगत गरी दुवै नर्डिक मुलुकले दशकौँको सैन्य असंलग्नतालाई परित्याग गर्दै नाटो सदस्यताका लागि आवेदन दिएका थिए ।
फिनल्यान्ड सन् २०२३ मा र स्विडेन यस वर्ष नाटोको सदस्य बनेका छन् ।
नाटोले जुलाईमा रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्ने फिनल्यान्डमा कथित फरवार्ड ल्यान्ड फोर्सेस (एफएलएफ) को उपस्थिति विकास गर्नुपर्ने बताएको थियो ।
फिनिश रक्षामन्त्री एन्टी हक्कानेनले पत्रकार सम्मेलनमा भने, “नाटो देशमा यस्तो प्रकारको सैन्य उपस्थितिका लागि अवधारणाको कार्यान्वयनमा महत्त्पूर्ण भूमिका निर्वाह गर्ने फ्रेमवर्क आवश्यक छ ।”
नाटो देशहरूले स्विडेनलाई फिनल्यान्डले बल व्यवस्थापन गर्न आग्रह गरेको बताए ।
हक्कानेनले स्विडिश समकक्षी पल जोन्सनसँग पत्रकार सम्मेलनमा भने, “फिनल्यान्डमा अग्रिम स्थल सेनाका लागि फ्रेमवर्क मुलुकका रूपमा भूमिका निर्वाह गर्ने स्विडिश सरकारको महत्त्वाकांक्षा छ ।”
जोन्सनले प्रक्रिया अहिले नै ‘प्रारम्भिक चरण’ मा रहेको र नाटोभित्र विवरण तयार गरिने कुरामा जोड दिनुभयो । उहाँले स्विडिश संसद्सँग पनि थप परामर्श गरिने जानकारी दिए ।
फिनिश रक्षामन्त्री हक्कानेनले वास्तविक बलका बारेमा विवरण नाटोका अन्य मुलुकसँग योजना बनाएर स्पष्ट गरिने बताए । उनका अनुसार सैनिकहरूको सङ्ख्या र उनीहरूको यकिन स्थानबारे अहिले नै निर्धारण भइसकेको छैन ।
नाटोले हाल पूर्वी युरोपमा बुल्गेरिया, इस्टोनिया, हङ्गेरी, लाटभिया, लिथुआनिया, पोल्यान्ड, रोमानिया र स्लोभाकियामा यस्ता अग्रिम समूवा वा ‘बहुराष्ट्रिय युद्ध समूह’ रहेको बताएको छ । (एएफपी)

वि.सं.२०८१ असोज १ मंगलवार ०९:०९ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...