back
CTIZAN AD

पपुवा न्यु गिनीको एक सुनखानी नजिकै आदिवासीबीच लडाइँ हुँदा २० जनाको मृत्यु

वि.सं.२०८१ असोज १ मंगलवार

714 

shares
 सिड्नी । पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय पत्रिका पोस्ट–कुरियरका अनुसार मुलुकको सबैभन्दा ठूलो सुन भण्डारमध्येको एक एन्गा प्रान्तको पोर्गेरा उपत्यकामा अवैध दुई खानी समूह एकआपसमा लड्दा गत साता एउटा समूहले अर्को समूहका दुई जनालाई मारेको थियो ।
    दुई स्थानीय खानी कामदारसहित करिब २० व्यक्तिको मृत्यु भएको छ । प्रत्येक दिन मृतकको सङ्ख्या लगातार बढ्दै गएको छ । पोर्गेरामा पाँच हजारभन्दा बढी मानिसको सामूहिक पलायन भएको बताइएको छ ।
    प्रहरी आयुक्त डेभिड म्यानिङले पोर्गेराका पूर्वाधार र बासिन्दाहरूको सुरक्षाका लागि आपत्कालीन आदेशहरू घोषणा गरिएको बताए ।
    पोर्गेरा खानीलगायत महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न प्रहरीले लडाकूहरूलाई हटाउन बलको वैध प्रयोग बढाइने उहाँले जानकारी दिए ।
    “सुरक्षा कर्मचारीहरूले निर्दोषहरूको सुरक्षा गर्न उपयुक्त भएमा वैध घातक बल प्रयोग गर्नेछन् । यसको मतलब सार्वजनिक रूपमा आपत्तिजनक हतियार बोक्ने कुनै पनि व्यक्तिलाई खतरा मानिनेछ र तदनुसार बल प्रयोग गरी व्यवहार गरिनेछ”, म्यानिङले  भने, “हामीसँग जमिनमा मोबाइल स्क्वाड, डग स्क्वाड र सेक्टर रेस्पोन्स युनिटका साथै पपुवा न्यु गिनी डिफेन्स फोर्सका कर्मचारीहरू सहित एक सय २२ सुरक्षाकर्मी छन् ।”
एन्गाका गभर्नर पिटर इपाटासले आइतबार सरकारलाई पोर्गेरा उपत्यकामा आदिवासी हिंसाको वृद्धिका कारण आपत्कालको अवस्था लागू गर्न आह्वान  गरे । सिन्ह्वा

वि.सं.२०८१ असोज १ मंगलवार ०९:१६ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...