back
CTIZAN AD

सुसेली : पितृपक्ष

वि.सं.२०८१ असोज ५ शनिवार

945 

shares

दुर्गा अधिकारी भमरकोटे, हाल- कपन

१.
बुझौँ ढंगले
दशै आयो भन्दैछन्
उड्ने चङ्गाले ।

२.
मेरो नमन
सबै पितृ देवमा
श्रद्धासुमन ।

३.
पितृ उद्धार
सोह्रश्राद्ध आरम्भ
गर प्रारम्भ ।

४.
पितृपक्षमा
जाँच दिन हाजिर
हुनु कक्षमा ।

५.
श्रद्धा अर्पण
सम्झना बा आमाको
दिनु तर्पण ।

६.
जन्मेको सार
सन्तानको धर्म हो
पितृ उद्धार ।

७.
श्राद्ध नवमी
हाम्रा पितृ तर्दैछन्
गंगा बैतर्णी ।

८.
बुझेँ अब त
थियौ बाबा घरको
रक्षा कवच ।

९.
प्रेम पारखी
बाबा तिमी योद्धा हौ
आमा सारथि ।

१०.
पितृपक्षको
विसर्जन अन्त्यमा
जिम्मा रक्षाको ।

 

वि.सं.२०८१ असोज ५ शनिवार ०४:३६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...