back
CTIZAN AD

कविता : लतारेर लान्छ पातपतिङ्गर

वि.सं.२०८१ असोज ५ शनिवार

870 

shares

निम्बतरु, अर्घाखाँची

हुरीले मात्रै आफूसङ्गै लतारेर लान्छ पातपतिङ्गर र धुलो
भुमरीले मात्र बोकेर हिड्छ धुलो
बादलले कहाँ बोक्न सक्छ पतिङ्गर
धुँवाले धुलो पनि सक्दैन उठाउन
देखेनौ
कोही मान्छेले सयौँ मान्छेहरु लतारेर लगेको ?

होलान् एकाध उदाहरण
घामका किरणले उठाएका शीतका बुँदहरू
तर धुलो उठाउदैन
हुरीले जस्तो भएभरको सोहोरेर लादैन धुलोमैलो

हुन त
बर्खामा खहरेले
खोल्साभरिका झ्याङक्याट
खोल्साभरिका फोहरमैला

कहिलेकाहीँ हुनेपनि बगाउने रहेछ नहुनेपनि बगाउने रहेछ
झपक्कको फूलपनी बगाउने रहेछ
त्यही अमूल्यहरू मध्येको म पनि बगेँ
फाल्दिए बगरमा
झोलेहरूसँगै ।

 

वि.सं.२०८१ असोज ५ शनिवार ०४:३७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...