back
CTIZAN AD

जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु वेपत्ता

वि.सं.२०८१ असोज ६ आइतवार

903 

shares
टोकियो । सिन्ह्वा जापानको कानागावा प्रान्तको एक सहरमा करिब १० जना यात्रु बोकेको एउटा डुङ्गा पल्टिँदा कम्तीमा १० जना वेपत्ता भएका छन् ।
फुजिसावा सहरको इनोशिमामा शनिबार करिब १० जना यात्रु बोकेको डुङ्गा पल्टिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय अधिकारीले घटना स्थानीय समय अनुसार दिउँसो करिब ४ः५० बजे भएको हो ।
उद्धार कार्य जारी रहेकाले यात्रुको हालको अवस्था अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, जापानको इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी शनिबार नै एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएका थिए ।
बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भुमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताएका छन् । जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ ।
इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध भएको छ भने करिब छ हजार घरहरू बिजुलीविहीन भएका छन् ।
बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका  बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान अधिकारीहरूले निर्देशन दिएको बताएका छन् ।

वि.सं.२०८१ असोज ६ आइतवार ०८:१२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...