back
CTIZAN AD

गाजामा चिकित्सा क्षेत्र गम्भीर अभावको अवस्थामा, ८५ प्रतिशत उपचार सामाग्रीको  अभाव

वि.सं.२०८१ असोज ६ आइतवार

774 

shares
गाजा । क्युएनए गाजाको स्वास्थ्य मन्त्रालयको फिल्ड अस्पतालका निर्देशक डा.मारवान अल हम्सले चिकित्सा क्षेत्र इन्धन, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको अवस्थामा रहेको बताएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयको गोदामबाट औषधिको ६५ प्रतिशत भण्डारण, चिकित्सा आपूर्तिसहित सघन उपचार सामग्रीको ८५ प्रतिशतभन्दा बढी सकिएको र अभावले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई असर गरेको कतार समाचार एजेन्सी (क्यूएनए) सँग कुरा गर्दै अल हम्सले बताए ।
अस्पतालहरूमा सबै बर्न युनिटहरू इजरायली सेनाको आक्रमणमा ध्वस्त भएको उनले बताए । यसबाहेक, इजरायली आक्रमणबाट अस्पतालहरूको लक्षित विनाशको कारणले आवश्यक चिकित्सा उपकरणहरूको अभाव रहेको उनले उल्लेख गरे ।
इजरायली पक्षबाट बारम्बार जमिनी आक्रमण हुँदा सरकारी अस्पताल र स्वास्थ्य पूर्वाधारलाई जानाजानी निशाना बनाउने गरेको उनको दावी रहेको छ ।
चिकित्सा क्षेत्रमा नाकाबन्दी लगाएकाले भारी बोझको सामना गर्न तत्काल थप फिल्ड अस्पतालको स्थापनाको आवश्यकता रहेकोबारे उनले जोड दिए ।

वि.सं.२०८१ असोज ६ आइतवार ०८:१६ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...