back
CTIZAN AD

पाकिस्तानमा दुई आदिवासी समुदायबीच झडप हुँदा १५ जनाको मृत्यु  

वि.सं.२०८१ असोज ९ बुधवार

858 

shares
पेशावर, पाकिस्तान ।  उत्तर पश्चिमी पाकिस्तानमा दुई आदिवासी जनजातिबीच भूमी सम्बन्धी विवादको द्वन्द्वमा कम्तिमा १५ जनाको मृत्यु भएको  मङ्गलबार एक स्थानीय अधिकारीले  बताएका छन् ।
अफगानिस्तानको सीमा नजिकैको कुर्रम जिल्लामा मोर्टारसहितका भारी हतियारका साथ दुई समुदायबीच झडप भएको हो । गत जुलाईमा पनि कुर्रम जिल्लमा दुई समुदायबीच झडप भएको थियो ।
“भूमी सम्बन्धी विवादमा सुरु भएको सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिबीचको द्वन्द्व हाल साम्प्रदायिक झडपमा परिणत भएको छ”, कुर्रममा तैनाथ एक वरिष्ठ प्रशासनिक अधिकारीले  बताए ।
शनिबारदेखि भएको झडपमा १५ जनाको मृत्यु भएको उनले बताए ।
आधिकारिक समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस अफ पाकिस्तान’ले झडपमा करिब २० जना घाइते भएको जनाएको छ ।
पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा सुन्नी र शिया सम्प्रदायका जनजातिबीच लामो समयदेखी विवाद कायम रहेको छ । जुलाईमा उनीहरुबीच भएको पछिल्लो झडपमा ३५  जनाको मृत्यु भएको थियो ।
मुख्यतया सुन्नी मुस्लिम बाहुल्य पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोगेको आरोप लगाएका छन् ।एएफपी

वि.सं.२०८१ असोज ९ बुधवार ०८:५७ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...