back
CTIZAN AD

जलवायु परिवर्तनसँग जुध्न पाकिस्तानद्वारा आइएमएफसँग थप सहयोगको अपिल

वि.सं.२०८१ कात्तिक ६ मंगलवार

693 

shares
इस्लामाबाद । पाकिस्तानले जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू सामना गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट थप दुई अर्ब अमेरिकी डलरको माग गरिरहेको छ ।
पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले यस महिनाको अन्तमा हुने वार्षिक आइएमएफ बैठकमा आईएमएफसँग थप रकमको अनुरोध गर्ने तयारी गरेको जानकारी दिए ।
आइएमएफ र विश्व बैङ्क समूहको सन् २०२४ वार्षिक बैठक अक्टोबर २१ मा सुरु हुनेछ र वासिङ्टनमा अक्टोबर २६ मा समापन हुनेछ । प्रमुख रूपमा मन्त्रीस्तरीय सत्रहरू अक्टोबर २२ देखि २५ सम्म केन्द्रित हुनेछन् ।
औरङ्गजेबले नेतृत्व गर्नुहुने प्रतिनिधिमण्डलमा अर्थ सचिव, स्टेट बैङ्क अफ पाकिस्तानका गभर्नर र वित्तीय क्षेत्रका अन्य प्रमुख अधिकारीहरू सहभागी हुनेछन् ।
आइएमएफका अनुसार विस्तारित कोष सुविधा (इएफएफ) कार्यक्रमअन्तर्गत आगामी तीन वर्षमा पाकिस्तानको बाह्य वित्तीय आवश्यकताहरू ६२ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो रकम आर्थिक वर्ष २०२४–२०२५ देखि २०२८–२०२९ सम्मको पाँच वर्षको अवधिमा एक खर्ब दश अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि सेप्टेम्बर २५ मा आइएमफको कार्यकारी बोर्डले पाकिस्तानको ३७ महिना विस्तारित कोष सुविधा सम्झौतालाई अधिकृत गरेको थियो । यसको मूल्य लगभग सात अर्ब अमेरिकी डलर छ । एएनआई

वि.सं.२०८१ कात्तिक ६ मंगलवार ०८:२९ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...