
स्वर्ण शिखा, दाङ
बुझेनौ कि क्या हो बखानेको मैले
भन्यौ व्यङ्ग्य मात्रै छु हानेको मैले
अनाहकमा हैकम भयो तिम्रो भन्छ
सधैँ आज्ञा उसकै छु मानेको मैले
भलै हेर्दा हर्षित म देखिन्छु हरदम
निकै दुखले जीवन छु धानेको मैले
ढल्यो उनको झुटले बनाएको पर्वत
फगत यौटा लहरो हुँ तानेको मैले
स्वयम् को हुँ भन्ने जो बुझ्दैन आफैँ
ऊ भन्दै छ दुनियाँ छु जानेको मैले
बहर : अनुराग
अर्कान : मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन : १२२२ २२ / १२२२ २२
वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:१५ मा प्रकाशित