back
CTIZAN AD

गजल

वि.सं.२०८१ कात्तिक २४ शनिवार

915 

shares

स्वर्ण शिखा, दाङ
बुझेनौ कि क्या हो बखानेको मैले
भन्यौ व्यङ्ग्य मात्रै छु हानेको मैले

अनाहकमा हैकम भयो तिम्रो भन्छ
सधैँ आज्ञा उसकै छु मानेको मैले

भलै हेर्दा हर्षित म देखिन्छु हरदम
निकै दुखले जीवन छु धानेको मैले

ढल्यो उनको झुटले बनाएको पर्वत
फगत यौटा लहरो हुँ तानेको मैले

स्वयम् को हुँ भन्ने जो बुझ्दैन आफैँ
ऊ भन्दै छ दुनियाँ छु जानेको मैले

बहर : अनुराग
अर्कान : मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन : १२२२ २२ / १२२२ २२

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:१५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...