back

नेदरल्याण्डको हेगमा बम विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

वि.सं.२०८१ मंसिर २३ आइतवार

342 

shares
GLOBAL IME AD
NTC AD

द हेग । डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्।
थप मृतकहरूको खोजी कार्य जारी छ र नेदरल्याण्डका आपतकालीन सेवाहरूले मृत्यु हुनेहरूको सङ्ख्या २० को हाराहारीमा पुग्न सक्ने बताएका छन् । “अहिलेसम्म कम्तीमा पाँच जनाको मृत शरिर भग्नावशेषबाट निकालिएको छ,” द हेगका नगर प्रमुख जान भान जेनेनले भने ।

उनले थपे “विस्फोटपछि उद्धारकर्मीले भग्नावशेषमा जीवित मानिस भेटिन सक्ने विश्वाससहित खोजी कार्यलाई तीब्र पारेको छ । दुर्घटना भएको करिब २४ घण्टा हुनै लाग्दा उनीहरू जीवितै पाइने सम्भावना भने कम भएको छ तर पनि हामीले उद्धारको प्रयासलाई जारी राखेका छौँ ।”

उद्धार गरिएका दुई जनाको अवस्था गम्भीर रहेको नगरप्रमुखले जानकारी दिए । नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कूफले क्षतिग्रस्त अपार्टमेन्ट भवनको तस्बिर देख्दा आफू स्तब्ध भएको बताएका छन् । राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै र मृतक तथा पीडितका आपन्तजनप्रति सहानुभूति व्यक्त गर्दै भने, “व्यक्तिगत रूपमा प्रभावित भएका वा आफ्ना प्रियजनहरू गुमाएकासबैप्रति हामी सहानुभूति व्यक्त गर्दछौँ ।
यो घटना हेगको उत्तरपूर्वी मारियाहोभ जिल्लाको तारवेक्याम्प स्ट्रिटमा भएको हो । विस्फोटबाट क्षति भएको तीन तले भवनको भुइँतलामा पसल र माथि दुई आवासीय तल्ला थिए ।

विष्फोटको कारण बारे अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार विष्फोट भएको केही समयपछि एउटा कार तीव्र गतिमा घटनास्थलबाट भागेको देखिएको थियो । अधिकारीहरूले प्रत्यक्षदर्शीहरूलाई अगाडि आउन आग्रह गरिरहेका छन् । सिन्ह्वा

वि.सं.२०८१ मंसिर २३ आइतवार १८:१९ मा प्रकाशित

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २०...

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ...

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

  याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा...

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा...

कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति

कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक–ए –इस्साफ...

ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी

ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी

वासिङ्टन । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको...