back
CTIZAN AD

युक्रेनका राष्ट्रपति जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार रहेको ट्रम्पको दाबी

वि.सं.२०८१ मंसिर २३ आइतवार

549 

shares

पेरिस । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय वार्तापछि ट्रम्पको उक्त भनाइ आएको हो ।

ट्रम्पले युक्रेनलाई पठाइएको अर्बौं डलरको सैन्य सहायताको खुलेर खिल्ली उडाउँदै आफ्नो निर्वाचन अभियानका क्रममा आफु राष्ट्रपति निर्वाचित भएमा जिम्मेवारी सम्हालेको २४ घण्टाभित्र नै द्वन्द्व अन्त्य गर्न सक्ने दाबी गरेका थिए ।
ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “जेलेन्स्की र युक्रेन सम्झौता गर्न र युद्ध रोक्न चाहन्छन् ।”

उनले अगाडि भनेका छन्, “तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । धेरैको जीवन यति अनावश्यक रूपमा बर्बाद भइरहेको छ । धेरै परिवारहरू गुमेका छन् । यदि यो जारी रह्यो भने यो धेरै ठूलो क्षति र अझ खराब अवस्थामा परिणत हुन सक्छ ।”

त्रिपक्षीय भेटको केही घण्टामा नै अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनका लागि ९८ करोड ८० लाख अमेरिकी डलरको नयाँ सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।पेन्टागनका अनुसार उक्त प्याकेजमा ड्रोन, हिमार्स रकेट लञ्चरका लागि गोलाबारुद, लामो दूरी मार हान्न सक्ने हतियार, ट्याङ्क र बख्तरबन्द गाडीका लागि उपकरण र त्यसका सामान समावेश गरिएको छ ।

ट्रम्पले युक्रेनमा आन्तरिक रूपमा अलोकप्रिय सहुलियतसहित शान्तिको लागि दवाब दिनसक्ने चिन्ता छ । जेलेन्स्कीले रूससँग कुनै पनि सम्झौता समतामूलक हुनुपर्नेमा जोड दिएको बताइएको छ ।

“हामी सबै शान्ति चाहन्छौं । तर यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ शान्ति हामी सबैका हुनुपर्छ र रूस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन वा अन्य कुनै आक्रमणकारी अव कहिल्यै युक्रेनमा नफर्कने सम्भावनालाई सुनिश्चित गर्नुपर्छ,” जेलेन्स्कीले भने ।

उनले भने, “सबैभन्दा महत्वपूर्ण कुरा न्यायपूर्ण शान्ति र सुरक्षाको प्रत्याभूतिको हो । युद्धविराम वा शान्ति सम्झौताले युक्रेनका लागि बलियो सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।” जेलेन्स्कीले वार्तालाई ‘राम्रो र फलदायी’ भन्दै ट्रम्पको दृढ सङ्कल्पका लागि धन्यवाद पनि दिएको बताइएको छ ।

नोट्रे डेम क्याथेड्रलको पुनः उद्घाटन समारोहमा भाग लिनुभन्दा ठीक अघि ट्रम्पसँगको जेलेन्स्कीको भेट, अमेरिकी चुनावमा विजय हासिल गरेपछि विश्वका धनाड्यबाट राजनीतिज्ञ बनेका ट्रम्पसँगको पहिलो प्रत्यक्ष भेट थियो ।छलफलप्रति आफ्नो प्रतिक्रियामा म्याक्रोँले सामाजिक सञ्जालमा लेखेका छन् “शान्ति र सुरक्षाका लागि संयुक्त प्रयास जारी राखौँ ।”

मध्यपूर्वको सङ्कटमा युरोपेली मित्रराष्ट्रहरूले बाइडेनसँग घनिष्ठ सम्बन्ध कायम गरेका छन्, तर ट्रम्पले सहयोगी पश्चिमा राष्ट्र र संयुक्त राज्य अमेरिकालाई अझ टाढा र इजरायललाई नजिकबाट राख्ने सम्भावना छ ।एएफपी

वि.सं.२०८१ मंसिर २३ आइतवार १८:२४ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...