back
CTIZAN AD

कविता : भाले बनी खोक्दछ

वि.सं.२०८१ पुस ६ शनिवार

1.1K 

shares

कृष्णप्रसाद पौडेल जस्ताघरे, बट्टार, नुवाकोट

आफू दम्भ लिएर अन्य मनुका, निन्दा गरी हिँड्दछ ।
स्रष्टा नायक साधु जे बन तिमी, साँढा बने व्यर्थ छ ।।
बोल्छन् प्याच्च खुबै विचार नगरी, धोती खसेझैँ गरी ।
छेकिन्नन् अब लाजका पलहरू, के हुन्छ सौदा गरी ? ।१।

उम्दा सोच सुरम्य आचरणका, बन्छन् भला सर्जक ।
छोटा छुद्र असभ्य तुच्छ मतिका, हुन्छन् छुसी किच्चक ।।
अर्काले गतिलो भनोस् कि नभनोस्, आफैँ बडा बन्दछ ।
गोष्ठी भेट यहाँ सभा सदनमा, भाले बनी खोक्दछ ।२।

राम्रा शिल्प कला र हैसियतले, नाच्छन् खुबै किन्नरी ।
व्यर्थैको रिसराग राख्छ लठुवा, के हुन्छ आँखा तरी ?।।
मिथ्या बात र अर्थहीन ननिका, बाङ्गा कुरा गर्दछ ।
सोझा कर्मठ योग्य सन्तजनका, उत्साह भत्काउँछ ।३।

भाषा मौलिक नम्र उच्च रसको, बोल्ने सबै भद्र हुन् ।
फुस्रो धाक अचम्मका तुजुकले, फुल्नेहरू काल हुन् ।।
छैनन् मानिस कर्ममा यदि भने, आदर्शले हुन्छ के ?
चुक्छन् ती व्यवहारमा यदि भने, सिद्धान्तले गर्छ के ?।४।

सादा जीवन उच्च सोच नभए, शृङ्गारले हुन्छ के ?।
राम्रा तर्क गुदी विवेक नभए, आकारले गर्छ के ?।।
लामा हस्त धरेर उफ्रन गई, को सक्छ तारा छुन ?
आजै सक्दछ कंस बन्न सहजै, सक्दैन मान्छे हुन ।५।

ज्ञानी भद्र दयालु सभ्य नरमा, हुन्छन् उँचा लक्षण ।
गिर्नै पर्दछ ठालु आखिर अझै, हुङ्कारका कारण ।।
रम्छन् लट्ठु पिचास छट्टु मनुवा, सम्पूर्ण ती क्षेत्रमा ।
लाटाजत्ति कठै परे विरहमा, नेपाल यो देशमा ।६।

छन्द : शार्दूलविक्रीडित
गण – म स ज स त त गु

सङ्केत – SSS  IIS  ISI  IIS  SSI  SSI  S

 

वि.सं.२०८१ पुस ६ शनिवार ०५:४५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...