back
CTIZAN AD

कविता : कवि के गर्दछन् ?

वि.सं.२०८१ पुस ६ शनिवार

996 

shares

दीनानाथ पोख्रेल,इलाम

काव्यसाधना गर्दछन् कवि ।
रुग्ण भावना फेर्दछन् कवि ।।
सिर्जनाकला बोक्तछन् कवि ।
भ्रष्टताविषे ठोक्तछन् कवि ।।०१।।

चेतमा नयाँ शक्ति भर्दछन् ।
विश्वमा मिठो शान्ति छर्दछन्।।
कर्मका मिठा गीत गाउँछन् ।
कृत्य भावमा प्रीत लाउँछन् ।।०२।।

बाँड्दछन् सधैँ ज्ञानका कुरा ।
अन्धकार त्यो फाँड्न छन् छुरा ।।
आस बाँड्दछन् त्रास फाँड्दछन् ।
दम्भ फाँड्दछन् जोस बाँड्दछन् ।।०३।।

सभ्यता उँचो राख भन्दछन् ।
कृत्यका कला पस्क भन्दछन् ।।
भोक, रोग यी शत्रु मान्दछन् ।
कर्मका कला मित्र ठान्दछन् ।।०४।।

काव्यमा क्रिया दिव्य छर्दछन् ।
सौख्य वृद्धिको भाव भर्दछन् ।।
लौ न ए युवा ! देश बोक यो ।
भ्रष्ट शत्रु हुन् चक्कु घोप त्यो ।।०५।।

वाह्य दृष्टिमा सूर्य पूर्ण छन् ।
भित्र हेर्न यी काव्य गाउँछन् ।।
चिन्न सक्दछन् कृत्यका कला।
कर्म गर्दछन् विश्वकै भला ।।०६।।

छन्द – द्रुता
गण – र. य. ज. गु.
सङ्केत – SIS.  ISS.   ISI.   S.

वि.सं.२०८१ पुस ६ शनिवार ०५:४६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...