back
CTIZAN AD

कविता : हाङ्रो चरा जून

वि.सं.२०८१ पुस १३ शनिवार

1K 

shares

निम्बतरु, अर्घाखाँची

मेरो भावना
टुटेफुटेको र अधुरो छ शिशुको झैँ
विकृत जन्य छ प्रौढको झैं
तापनि
म त युवा हूँ

युवा रुखको पनि शिशिर ऋतुमा पात त झर्छ भो
एउटा गुलाबको फूल फुले पटकैपिच्छे झर्छ भो
दुख्छ होला उनीहरुलाई ।
तर
कति पल यहाँ दुखन्छ कति पल यहाँ दुखन्छ
मान्छेलाई झर्दा पटकै पिच्छे दुखन्छ
फूललाई दुखन्नँ
स्त्रीसदृश मासिक रक्तस्रावमा झर्दा दुखेजस्तै
पुरुष कतिबेला दुख्छ कहाँ दुख्छ ?

यो उग्र जमानामा
यो उल्का जमानामा
अब जून हाङ्रो चराको ठूलो चोच मात्रै भयो
ताराहरु निलेर पूर्णिमामा हात्ती बन्छ
तर बिस्तारै प्वाँखहरु झर्दै गएपछि
आफै बिलाउँछ
प्वाँखहरू झर्दा उस्लाई नदुखेको होला ?

ता पनि म युवा हूँ
रुख जस्तो हुनसकिनँ
एउटै पात झर्दा दुख्छ
स्त्रीसदृश हुन सकिनँ
एउटै थोपा आँसु झर्दा दुख्छ
हाङ्रो चरा जून हुन सकिएन
जो एउटै प्वाँख झर्दा रुदैन ।

वि.सं.२०८१ पुस १३ शनिवार ०५:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...