निम्बतरु, अर्घाखाँची
मेरो भावना
टुटेफुटेको र अधुरो छ शिशुको झैँ
विकृत जन्य छ प्रौढको झैं
तापनि
म त युवा हूँ
युवा रुखको पनि शिशिर ऋतुमा पात त झर्छ भो
एउटा गुलाबको फूल फुले पटकैपिच्छे झर्छ भो
दुख्छ होला उनीहरुलाई ।
तर
कति पल यहाँ दुखन्छ कति पल यहाँ दुखन्छ
मान्छेलाई झर्दा पटकै पिच्छे दुखन्छ
फूललाई दुखन्नँ
स्त्रीसदृश मासिक रक्तस्रावमा झर्दा दुखेजस्तै
पुरुष कतिबेला दुख्छ कहाँ दुख्छ ?
यो उग्र जमानामा
यो उल्का जमानामा
अब जून हाङ्रो चराको ठूलो चोच मात्रै भयो
ताराहरु निलेर पूर्णिमामा हात्ती बन्छ
तर बिस्तारै प्वाँखहरु झर्दै गएपछि
आफै बिलाउँछ
प्वाँखहरू झर्दा उस्लाई नदुखेको होला ?
ता पनि म युवा हूँ
रुख जस्तो हुनसकिनँ
एउटै पात झर्दा दुख्छ
स्त्रीसदृश हुन सकिनँ
एउटै थोपा आँसु झर्दा दुख्छ
हाङ्रो चरा जून हुन सकिएन
जो एउटै प्वाँख झर्दा रुदैन ।
वि.सं.२०८१ पुस १३ शनिवार ०५:२२ मा प्रकाशित






























