एक नारायण चापागाईं, दाङ
छन् उपयोग गर्दै अनेकौँ तस्बिरले काँटीहरू
तस्बिरलाई कहिल्यै भनेनन् काँटीले स्वार्थीहरू
अस्थिरता रहे देशमा परिवर्तन नयाँ हुन्छ के
साँेच्ने गर्दछन् रात दिन चिन्ताले विवेकीहरू
ढोका बन्द घरका गरी छोड्दै हिँड्न थाले सबै
आफ्ना हुन् गएका तिनी छन् बन्दै प्रवासीहरू
जुत्ता एकजोडी लिँदै गर्ने काम हो वर्षभर
हाम्रो मर्म कसले बुझे खै भन्छन् सिपाहीहरू
तिम्रो आँसु खस्ला यहीँ एकोहोरो बेहाल भै
के सुन्छौ बितेका मेरा पलपलका कहानीहरू
बहर – मुक्तजिब मुसम्मन सालिम
अर्कान – मफ्ऊलातु, मुस्तफ्इलुन्, मफ्ऊलातु, मुस्तफ्इलुन्
वजन – २२२१ – २२१२ – २२२१ – २२१२
काफिया – ई
तहलिली रदिफ – हरू
अभ्यास – परिश्रमी पाठशाला गजल
वि.सं.२०८१ पुस १३ शनिवार ०५:२३ मा प्रकाशित






























