back
CTIZAN AD

गजल

वि.सं.२०८१ पुस १३ शनिवार

1.1K 

shares

एक नारायण चापागाईं, दाङ

छन् उपयोग गर्दै अनेकौँ तस्बिरले काँटीहरू
तस्बिरलाई कहिल्यै भनेनन् काँटीले स्वार्थीहरू

अस्थिरता रहे देशमा परिवर्तन नयाँ हुन्छ के
साँेच्ने गर्दछन् रात दिन चिन्ताले विवेकीहरू

ढोका बन्द घरका गरी छोड्दै हिँड्न थाले सबै
आफ्ना हुन् गएका तिनी छन् बन्दै प्रवासीहरू

जुत्ता एकजोडी लिँदै गर्ने काम हो वर्षभर
हाम्रो मर्म कसले बुझे खै भन्छन् सिपाहीहरू

तिम्रो आँसु खस्ला यहीँ एकोहोरो बेहाल भै
के सुन्छौ बितेका मेरा पलपलका कहानीहरू

बहर – मुक्तजिब मुसम्मन सालिम
अर्कान – मफ्ऊलातु, मुस्तफ्इलुन्, मफ्ऊलातु, मुस्तफ्इलुन्
वजन – २२२१ – २२१२ – २२२१ – २२१२
काफिया – ई
तहलिली रदिफ – हरू
अभ्यास – परिश्रमी पाठशाला गजल

वि.सं.२०८१ पुस १३ शनिवार ०५:२३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...