back
CTIZAN AD

नर्वेमा मनाइयो सोनाम ल्होसार

वि.सं.२०८१ माघ १५ मंगलवार

5.1K 

shares

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री संवत् २८६१ डुल सा पुख्री ल्होको अवसरमा सोनाम ल्होसार तथा विशेष सांस्कृतिक साँझ २०२५ भव्य सफलताको साथ सम्पन्न गरिएको छ ।

जनवरी २६ तारिख आईतबारका दिन नर्बेको राजधानी सहर ओस्लोमा सम्पन्न सो कार्यक्रममा तामांङ समाज नर्बेका अध्यक्ष ज्ञानेन्द्र लामा थिंगको सभापतित्व, प्रमुख अतिथि एनआरएन यूरोप उपसंयोजक राजु अर्याल, विशेष अतिथि एनआरएनए नर्बेका अध्यक्ष बिष्णु गौतम, अन्य संघसंस्थाको प्रधिनिधिहरुले कार्यक्रम पूर्ण सफलताको शुभकामना दिएका थिए ।

अन्य अतिथि एनआरएनए आइसीसी प्रतिनिधि, उपस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरूलाई आसन ग्रहण गराई तामाङ समुदायको चिनारी टोपी लगाई सम्मान गरिएको थियो ।

तामांङ समुदायको आफ्नै सस्कृतिको पहिचान इतिहास, परम्परा र मान्यताहरूलाई मौलिक संस्कृतिको साथमा रमाउदै समाजको तर्फÞबाट नर्बेमा पहिलोपटक मंजुश्री संवत् २८६१ डुल सा पुख्री ल्होको अवसर पारी सोनाम ल्होसारको गरिएको हो ।

तामाङहरूको आफ्नै लोकबाजा डम्फु अत्यन्त लोकप्रिय बाजा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा नेपालबाट आएकी चर्चित कलाकार मेन्दोमाया तामाङ तथा सेलो गायिका रमिला पाख्रिनले चर्चित गितहरुको प्रस्तुतिले दर्शकहरुले भरपुर मनोरंजन लिएका थिए ।

तामाङ भाषाका गित तथा मेन्दोमाया, सेलो गितहरुमा दर्शकहरुले सामूहिक नृत्य गर्नु सेलो धून, नेपाली समाजको लोकप्रिय संगीतको रूपमा लिने गरिएको यो धून नेपाली समाजको चर्चित रहेको दर्शकहरूको ध्यान आकर्षण गरेको बताएका थिए ।

सहभागी विभिन्न संघ संस्थाका उपस्थित प्रतिनिधिद्वारा कार्यक्रम पूर्ण सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम सागर घिसिङ्ग र बिन्दु तामाङ्गले संचालन गरेको उक्त कार्यक्रममा नेपालबाट आएका कलाकार मेनदो माया तामांङ तथा चर्चित कलाकार रमीला पाखÞीन, पोर्चुगलबाट आएको गायक मेघ लामाले तामाङ भाषा र नेपाली संगीतको निशेष प्रस्तुतिले दर्शकहरूलाई मंत्रमुग्ध पारेका थिए ।

महिलाहरुले बाक्लो उपस्थितिको साथ तामाङ समुदायको मौलिक पोषाक विभिन्न गरगहना र लुंगी, चोली, पटुकी, मखमलको, गम्छा र विषेश तामाङ टोपीको पहिरनले हल नेपालमय रह्यो भने नेपालीहरूबीच विभिन्न समुदायको छुट्टछुट्टै भेषभूषा, भाषा, संस्कार, संस्कृति र लोक पहिरनले नेपाल र नेपालीको परिचय दिएको छ ।

संस्कृतिको संरक्षण एवं नेपाली संघसस्थाको सहभागीको बाक्लो उपस्थितिले आपसी मित्रता पनि प्रगाढ़ बन्दै गएको छ । साथै सामूहिक सहभागीताले नेपालीहरूका बीच आपसी सद्भाव र चिनारीको रूपमा स्थापित बन्दै गएको आयोजकले जनाएको छ ।

साँझको ८ :३० बजे सम्म संचालन सो कार्यक्रम सस्थाको तर्फबाट तामाङ समाजको मौलिक नेपाली परिकारको खानाको बिशेष व्यवस्था गरिएको थियो ।
सो कार्यक्रममा करिव ३५० जनाको सहभागी रहेको आयोजकले बताए ।

वि.सं.२०८१ माघ १५ मंगलवार १८:०६ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...