back
CTIZAN AD

गजल

वि.सं.२०८१ फागुन १७ शनिवार

1.1K 

shares

श्याम माकजू, भक्तपुर

गरी प्रेम साँचो अँगाल्यो कसैले
छली प्रेम बन्धन चुँडाल्यो कसैले

बसेको थिएँ प्रेमको दीप बाल्दै
गरोस् युद्ध भन्दै उराल्यो कसैले

छु हल्का त्यसैले सबै माझ पुग्छु
लछार्दै पछार्दै निकाल्यो कसैले

रहर भेट्न आँखा डुलाएर बस्दा
नयन धुन्छु भन्दै पखाल्यो कसैले

कतै पोखियोस् मन म चाहन्न त्यस्तो
कहाँ राख्न सक्थ्यो खसाल्यो कसैले

बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन फऊलुन फऊलुन फऊलुन
वजन – १२२ – १२२ – १२२ – १२२
काफिया – आल्यो
रदिफ – कसैले
अभ्यास – परिश्रमी पाठशाला

वि.सं.२०८१ फागुन १७ शनिवार ०९:०९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...