back
CTIZAN AD

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

वि.सं.२०८१ फागुन १८ आइतवार

2.6K 

shares

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको पुरानो संस्था “बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका” (बाना) को अध्यक्षमा परु राम थापा (प्रभु) अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।

बानाको बोर्ड अफ ट्रस्टीको लागि भएको निर्वाचनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् । ११६ मतदातामा ९७ मत ल्याएर  थापा बिजयी भएका छन् भने उनको प्रतिस्पर्धी महेन्द्र देशारले १९ मत ल्याएका थिए । अध्यक्ष बाहेक अरु पद भने सर्वसम्मत निर्वाचित भएको थियो ।

जसअनुसार बानाकी पूर्व अध्यक्ष ,कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त (उपाध्यक्ष) र सुर्याेदया तिम्सिना (सचिव) निर्वाचित भएका छन् । त्यस्तै, रिना केसी, जनक पौडेल र सुशिला महत ट्रस्टी सदस्य पदमा निर्वाचित भएका छन् ।

बाना निर्वाचित नेतृत्वलाई हार्दिक बधाई ज्ञापन गर्दै निर्वाचन समितिका अध्यक्ष सुबोध विलास पन्त, बाना ट्रष्टीका अध्यक्ष कुल आचार्य, एएनएका वर्तमान अध्यक्ष खगेन्द्र अधिकारी लगायतले बिजयी टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

ट्रष्टी निर्वाचन समितीको संयोजकमा बाना अध्यक्ष सुबोध बिलास पन्त रहेका थिए भने सदस्यहरुमा लक्ष्मी भारती र सागर घिमिरे रहेका थिए ।

नवानिर्वाचित अध्यक्ष थापा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य तथा अमेरिकाजको ईन्चार्जसमेत रहेका छन्, उनी सामाजिक सेवाहरुमा पनि सक्रिय छन् ।

नयाँ निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकाममना दिने क्रममा वक्ताहरुले संस्थाले नयाँ नेतृत्वको मार्गदर्शनमा समुदाय सेवामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वि.सं.२०८१ फागुन १८ आइतवार ०९:०६ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...