back
CTIZAN AD

कविता : देश नेपाल

वि.सं.२०८२ वैशाख २० शनिवार

888 

shares

तारा विष्ट छन्दार्पण,दाङ, हाल,मलेसिया

यो देशको छ पहिचान अहा मजाको
जङ्गी निशान गरिमा छ निकै ध्वजाको ।
सम्मान यो मुलुकको अति गर्नु पर्छ
सीता यतै अरनिको अब खोज्नु पर्छ ।।१

नेपालकै जमिनमा सुन फल्न थालोस्
यौटा नवीन युगले फल टिप्न थालोस् ।
सेता हिमाल लहरा अति मुस्कुराऊन्
मुग्लानमा युवक छन् घरदेश आऊन् ।।२

माटो चुमेर म रमूँ अझ पौरखी भै
हुल्दै अनाज म बसूँ घर हिम्मती भै ।
संसार पर्यटक होस् नित घुम्न आओस्
लाली गुराँस वनमा रङ छर्न पाओस् ।।३

झण्डा छ अङ्कित अहा र त सूर्य चन्द्र
नेपाल सुन्दर निकै छ समान स्वर्ग ।
यस्तो धरा भुवनमा छ र ? छैन अर्को ?
नेपालको छ महिमा हिम शैल अग्लो ।।४

हौँ फूल धेर थरका तर एक हामी
जन्ती अनेक सुखका दुखका मलामी ।
हामी सदा मुलुकमा शुभकार्य रोजौँ
आऊ जुटौँ प्रगतिको शुभमार्ग खोजौँ ।।५

छन्द : वसन्ततिलका
गण : त भ ज ज गु गु
गण सङ्केतः ssi  sii  isi  isi ss
यति विश्राम :भरसक आठौँ अक्षरमा
अभ्यास : सस्वर्णपाठशाला

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...