back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ वैशाख २० शनिवार

804 

shares

लव जोशी, काठमाडौं

मातृभूमि नै
भूमि हाम्रो पवित्र
यो संसारमै ।१

माटो चन्दन
निधारमा लगाऊ
कोटि नमन ।२

सेवा गरौं है
सकेको जीवनमा
जन्म भूमिमै ।३

निस्वार्थ सेवा
हुँदा नागरिकको
देशको टेवा ।४

रक्षा भूमिको
वलिदान कर्मको
देन योद्धाको ।५

पृथ्वी नै माता
वात्सल्यको वासना
व्यक्ति भावना ।६

माटो देशको
रक्षा गर्छ जसले
जीउ ज्यानको ।७

स्मरण हुने
सदा जन जनमा
मनमा छुने ।८

मिच्ने भन्दा नि
बेच्ने देश द्रोही हो
धिक्कार छ नि ।९

जीउककंदै म¥यो
बेच्छ माटो जसले
कुलांगार त्यो ।१०

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:२६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...