back
CTIZAN AD

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

वि.सं.२०८२ वैशाख २७ शनिवार

756 

shares

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा जानुहुनेछ । दोस्रो कार्यकालको प्रमुख अन्तर्राष्ट्रिय भ्रमणका रूपमा रहेको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

यस भ्रमणलाई ह्वाइट हाउसले ‘ऐतिहासिक पुनरागमन’ को रूपमा व्याख्या गर्दै, राष्ट्रपति ट्रम्पको खाडी क्षेत्रप्रतिको गहिरो सम्बन्ध र सम्मान दर्शाउने अवसर भएको जनाएको छ । व्यापार, रक्षा, ऊर्जा, तथा प्रविधिका क्षेत्रमा सम्भावित सहकार्यको पृष्ठभूमिमा खाडी राष्ट्रहरूले उहाँको उच्च सत्कारको तयारी गरेका छन् ।

यद्यपि, इजरायल–हमास द्वन्द्व, इरानको आणविक कार्यक्रम तथा यमन र सिरियाको अस्थिरता जस्ता विषयले क्षेत्रीय सङ्कट समाधानमा थप संवेदनशीलता र समन्वयको आवश्यकता औंल्याएका छन् ।

ट्रम्पले यसपटक इजरायल भ्रमण नगर्ने तय भएको छ, जसले केही विश्लेषकहरूलाई अमेरिकाको परम्परागत कूटनीतिक प्राथमिकतामा परिवर्तनको सङ्केतका रूपमा बुझाइएको छ ।

साथै, ओमानमा हुन लागेको इरानसँगको अप्रत्यक्ष वार्ता, गल्फ क्षेत्रको नामप्रति ट्रम्पको अभिव्यक्ति र हालै उहाँको परिवारद्वारा सञ्चालित कम्पनीहरूको खाडीमा व्यापारिक गतिविधि यी सबै विषयमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भइरहेको छ ।

तर ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको भ्रमण पूर्णतः राष्ट्रिय हित र क्षेत्रीय शान्तिका निम्ति केन्द्रित हुने स्पष्ट पारेको छ ।(रासस/एएफपी)

 

वि.सं.२०८२ वैशाख २७ शनिवार १५:२५ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...