back
CTIZAN AD

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

वि.सं.२०८२ जेठ १ बिहीवार

4.7K 

shares

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको छ । न्युयोर्कस्थित क्विन्सवोरोकी सम्माननीय जिल्ला न्यायाधीश मेलिन्दा काजले १३ मेमा आयोजित एक विशेष समारोह गरी एशिया प्यासाफिक आईल्यान्डर हेरीटेज महिनाको उत्सव मनाउँदै समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने लब्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा घिमिरेलाई सम्मान गरेकी हुन् ।

घिमिरे लगायत फाउन्डेशन टीमले कोभीडको डरलाग्दो र जटील समयदेखी हालका दिनसम्म निरन्तर रुपमा अहोरात्र समाजसेवामा लागिरहेको संस्थाको रुपमा चित्रणका साथ चर्चा गर्दै संस्थाको निश्वार्थः सामाजिक गतिविधिको आफुलगायत न्युयोर्कका आम जनसमुदायले उच्च मुल्याकंन गरीरहेको कुरामा जोड दिइन् ।

उनले जिपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई सम्मानित गर्नपाउँदा आफुलाई अत्यन्त खुशी लागेको भाव व्यक्त गर्नुका साथै फाउन्डेशनको भुमीका आगामी दिनहरुमा अझै सकृय र ससक्त रहन सकोस भनी शुभकामना व्यक्त गरिन् ।

अध्यक्ष्य सोमनाथ घिमीरे सम्माननीय जिल्ला न्यायाधीश मेलिन्दा काजबाट “प्रतिष्ठित सेवा पुरस्कार” ले (Distinguished Service Award) सम्मानित हुने पहिलो नेपाली अमेरिकन हुन। यसै क्रममा न्युयोर्क राज्यका विधानसभा सदस्य माननिय स्टीभन रागाले पनि अध्यक्ष  घिमीरेलाई सम्मानपत्र(Citation) ले सम्मान गरिन ।

सो सम्मान समारोहमा फाउन्डेशनका पदाधिकारीहरु क्रमशः कोषाध्यक्ष रेखा श्रेष्ठ, कार्यसमिती सदस्य सुर्य सिमंखडा र पासाङ गोपर्मा शेर्पा, समाजसेवीहरू उर्गेन शेर्पा, लाना तु, मिसेल बार्थ, अनवर मोहम्मद, माईल्स पार्कर, जिमी होंग, किट्टी लिईन, गिता अधिकारी, योगेन्द्र अधिकारी, दिपक रायमाझी, आंगेलु शेर्पा, सुकमान तामाङ, ईन्द्र बुढा मगर, विद्यार्थी स्वयंसेवकहरु देविका कार्की, पुर्णीमा मगर, अमिता श्रेष्ठ र ग्रिश रायमाझी लगायत एवं शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो।

उक्त अवसरमा बोल्दै फाउण्डेशनका अध्यक्ष घिमीरेले संस्थाको सामाजिक कार्यको समग्र उच्च मूल्यांकन गर्दै आफुलाई सम्मानित गरेकोमा अत्यन्त गौरवान्वित भएको र आगामी दिनहरुमा अझै तन,मन र निश्वार्थः भावनाले सामाजिक कार्यमा लागीपर्न उत्प्रेरित गरेको कुरामा जोड दिए । उनले नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरीजावावुको नाममा स्थापित यस फाउन्डेशनले नेपाल लगायत विश्वका ३६ राष्ट्रहरुबाट जनताको सेवामा निरन्तर यथासंभव सेवा गरीरहेको र अमेरीकामा आफ्नो नेतृत्वको टीमले विशेष काम गरेको र सो को मुल्याकंन यसरी अमेरीकी न्यायिक निकायले समेत सहि मूल्याङ्कन गरीदिंदा आफुलाई विशेष हौसला र प्रेरणा मिलेको वताउँदै यो उच्च सम्मानको लागी हार्दिक धन्यवाद एवं आभार प्रकट गरे ।

स्मरण रहोस्,अमेरीकामा सामाजिक क्षेत्रमा सेवा दिँदैआएका विविध संघसंस्थाहरु मध्ये जिपि कोईराला फाउन्डेशन यसरी अमेरीकी न्यायिक निकायद्वारा समेत उच्च मूल्यांकन गर्दै सम्मानित हुने पहिलो नेपालीमुलको संस्था हो। यस संस्थाले आफ्नो अमेरीकामा स्थापनाकाल वर्ष २०१९ देखी हालसम्म निरन्तर समाज र समयको मागअनुसार निःस्वार्थ र यथासंभव सयौं सामाजिक कार्यहरू गर्दै आईरहेको छ।

वि.सं.२०८२ जेठ १ बिहीवार ११:५३ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...