back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ ३ शनिवार

1.2K 

shares

धनसिंह गिरि, दाङ

म लट्ठै छु देखेर तिम्रो जवानी
छ लाग्दै गरौँ कि तिमीमा लगानी

थियौ बैगुनी गुन नबुझ्ने तिमी खुद
चल्यो जादु मेरो भयौ आज पानी

छ जो गुन नमान्ने त्यसैलाई मेरो
गुनैगुनले मार्ने परेको छ बानी

सदा गर्दथ्यौ ख्यालठट्टा तिमीले
भो कालु र बाख्राको तिम्रो कहानी

सँगै बस्ने वाचा गरी दूर भाग्यौ
तिमीलाई पर्खी बित्यो जिन्दगानी

बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२
काफिया – आनी
रदिफ – ०

वि.सं.२०८२ जेठ ३ शनिवार ०८:१४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...