back
CTIZAN AD

‎गजल

वि.सं.२०८२ जेठ ३ शनिवार

1.2K 

shares

कुमार थापा, निजगढ, बारा

‎तिम्रै हुँ भन्छ्यौ प्रेयसी आधार खै
‎हामी नजिक बन्ने दुबैमा प्यार खै

‎ संसार हो मायाँ बिना चल्दैन यो
‎भन्नेहरूकै प्यारको व्यबहार खै

‎पशुझैँ भए मान्छेहरू भन्छन् यहाँ
‎देखाऊ आफैँमा असल संस्कार खै

‎मान्छे सबै मौका छँदा हो सुध्रिने
‎वानी सुधार्ने हुन्छ कुन औजार खै

‎संसार यो चर्चा गरेजस्तो भए
‎मैँभित्र दिलमा प्रेमको भण्डार खै ।

बहर ः रजज मुसद्दस सालिम
अर्कान ः मुस्तफइलुन मुस्तफइलुन मुस्तफइलुन
‎वजन – २२१२ – २२१२ – २२१२
काफिया – आर
रदिफ – खै
अभ्यास – स्वर्ण पाठशाला

 

वि.सं.२०८२ जेठ ३ शनिवार ०८:१६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...