back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ जेठ ३ शनिवार

1K 

shares

वासुदेव ठकुरी
तारकेश्वर न.पा.–९, मनमैजु


बिस्र्यो नभन
तिमीलाई संझेर
रुन्छ यो मन।


भयौ बिरानी
जोडिएन परेली
भिज्यो सिरानी।


कालले साँचे
हुन्छ भेट अवश्य
नमरी बाँचे।


वर पिपल
चौतारीमा बसेर
खाऊँ शितल।


माया गाजले
फर्की फर्की नहेर
मर्छु लाजले।


भएँ कस्तो म
पानी बिना बाँचेको
माछी जस्तो म।


बाटो मोडेर
गयौ आज छोडेर
नाता तोडेर ।


दुरी टाढा भो
गयौ जब छोडेर
माया गाढा भो।


बेसी झरेर
तिम्रो घर आउँछु
खोली तरेर।

१०
आत्मविश्वास
बढाएको छु मैले
मार्दिनँ आस।

वि.सं.२०८२ जेठ ३ शनिवार ०८:१९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...