back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ जेठ ३ शनिवार

1.3K 

shares

सतीश पण्डित
भानु– ६ चुँदी, तनहुँ
हाल चनपा ६ मातातीर्थ

१.
लुक्दछन् शान्तिका गीत
सुनौलो मन्द मुस्कानमा
मिल्दछ जीवनमा प्रीत ।

२.
फुल्दछ करुणाको फूल
शान्ति सद्भावको बगैँचामा
सुक्दैन प्रेमको मूल ।

३.
शान्तिको शीतल छाया
यात्रा दया धैर्यको
मिल्दछ सधैँ माया ।

४.
उदाउँछ सहिष्णुताको घाम
माया मित्रताको साँझमा
शान्ति जीवनको धाम ।

५.
छरिन्छ शान्तिको सुवास
फुलेर मनको वगानमा
देखिन्छ उज्यालो प्रकाश ।

६.
पिरतीको डुङ्गा छिचोल्दै
आउँदै छु भेट्नलाई
रातको निद्रा बिथोल्दै ।

७.
तिम्रो नयनमा हराउँछु
छौ मुटुको धड्कनमा
तिम्रै मायामा रमाउँछु ।

८.
समाउन पाए हात
कति आनन्द हुन्थ्यो
गर्दा सुखदुःखका बात ।

९.
कसैको नदुखाऊ मन
सक्छौ कि सक्दैनौ
गर्नलाई उपकार भन ।

१०.
घोचिरहन्छ मनको घाउ
तिखा वचन वाणले
बोल्दा होस् पुर्याऊ ।

वि.सं.२०८२ जेठ ३ शनिवार ०८:२२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...