back
CTIZAN AD

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

वि.सं.२०८२ असार १४ शनिवार

804 

shares
टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर गरेका बिक्रीले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार, मे महिनामा कुल आठ लाख ९८ हजार ७२१ सवारीसाधन बिक्री भएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि भएको हो । यो संख्या मे महिनाकै अहिलेसम्मको सबैभन्दा उच्च बिक्री हो ।
यस्तो वृद्धि अमेरिका, चीन र जापानमा हाइब्रिड गाडीप्रतिको बढ्दो मागका कारण भएको जनाइएको छ । विशेषगरी, संयुक्त राज्य अमेरिकामा बिक्री १०.९ प्रतिशतले वृद्धि दुई ४० हजार १७६ युनिट पुगेको छ भने चीनमा ६.८ प्रतिशतले बढेर एक लाख ४९ हजार ८८७ युनिट पुगेको छ । त्यस्तै, जापानमा पनि बिक्री ४.४ प्रतिशतले वृद्धि भई एक लाख छ हजार ५८६ युनिट पुगेको छ, जसमा गत वर्ष देखिएको प्रमाणीकरणसम्बन्धी समस्याबाट आएको सुधारले सकारात्मक भूमिका खेलेको विश्वास गरिएको छ ।
यद्यपि बिक्रीमा उल्लेखनीय वृद्धि भएको भए पनि, कम्पनीले उत्पादन पक्षमा भने सानो गिरावट आएको जानकारी दिएको छ । २०२५ मे महिनामा टोयोटाको विश्वव्यापी उत्पादन ०.७ प्रतिशतले घटेर आठ लाख छ हजार ६७७ युनिटमा झरेको छ, जुन पछिल्ला पाँच महिनामा पहिलो गिरावट हो। जापानमा काम गर्ने दिन घटेका कारण यस्तो असर परेको बताइएको छ । त्यसैगरी, अमेरिकामा उत्पादन १.८ प्रतिशतले घटेर एक लाख २० हजार ५३९ युनिटमा पुगेको छ भने जापानमै घरेलु उत्पादन ५.४ प्रतिशतले घटेर दुई ४१ हजार ५७० युनिटमा पुगेको छ । कम्पनीले भविष्यमा उत्पादन र बिक्री दुवैमा स्थायित्व र सुधार ल्याउने प्रयास जारी रहने स्पष्ट पारेको छ ।(रासस/सिन्ह्वा)

वि.सं.२०८२ असार १४ शनिवार ०९:२० मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...