back

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

वि.सं.२०८२ असार १४ शनिवार

369 

shares
IME Limited
NTC AD
टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर गरेका बिक्रीले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार, मे महिनामा कुल आठ लाख ९८ हजार ७२१ सवारीसाधन बिक्री भएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि भएको हो । यो संख्या मे महिनाकै अहिलेसम्मको सबैभन्दा उच्च बिक्री हो ।
यस्तो वृद्धि अमेरिका, चीन र जापानमा हाइब्रिड गाडीप्रतिको बढ्दो मागका कारण भएको जनाइएको छ । विशेषगरी, संयुक्त राज्य अमेरिकामा बिक्री १०.९ प्रतिशतले वृद्धि दुई ४० हजार १७६ युनिट पुगेको छ भने चीनमा ६.८ प्रतिशतले बढेर एक लाख ४९ हजार ८८७ युनिट पुगेको छ । त्यस्तै, जापानमा पनि बिक्री ४.४ प्रतिशतले वृद्धि भई एक लाख छ हजार ५८६ युनिट पुगेको छ, जसमा गत वर्ष देखिएको प्रमाणीकरणसम्बन्धी समस्याबाट आएको सुधारले सकारात्मक भूमिका खेलेको विश्वास गरिएको छ ।
यद्यपि बिक्रीमा उल्लेखनीय वृद्धि भएको भए पनि, कम्पनीले उत्पादन पक्षमा भने सानो गिरावट आएको जानकारी दिएको छ । २०२५ मे महिनामा टोयोटाको विश्वव्यापी उत्पादन ०.७ प्रतिशतले घटेर आठ लाख छ हजार ६७७ युनिटमा झरेको छ, जुन पछिल्ला पाँच महिनामा पहिलो गिरावट हो। जापानमा काम गर्ने दिन घटेका कारण यस्तो असर परेको बताइएको छ । त्यसैगरी, अमेरिकामा उत्पादन १.८ प्रतिशतले घटेर एक लाख २० हजार ५३९ युनिटमा पुगेको छ भने जापानमै घरेलु उत्पादन ५.४ प्रतिशतले घटेर दुई ४१ हजार ५७० युनिटमा पुगेको छ । कम्पनीले भविष्यमा उत्पादन र बिक्री दुवैमा स्थायित्व र सुधार ल्याउने प्रयास जारी रहने स्पष्ट पारेको छ ।(रासस/सिन्ह्वा)

वि.सं.२०८२ असार १४ शनिवार ०९:२० मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी...