back
CTIZAN AD

कविता : जन्मभूमि

वि.सं.२०८२ साउन ३ शनिवार

5.9K 

shares

मुकेश कटेल

लोकतन्त्रको जन्मभूमि, जनताको आवाज हो,
सहभागिताको मन्दिरमा, अधिकारको राज हो ।
मतपत्रको रुपमा फुलेको, स्वतन्त्रताको फूल हो,
संविधानको शिलामा अङ्कित, समानताको मूल हो ।

तर समाजको दर्पणमा, बिग्रिएको छ प्रतिबिम्ब,
शक्तिको मदिरा पिई, हराए छन् न्यायका खम्बा ।
भ्रष्टाचारको कुहिरोले, पारदर्शिता लुकायो
वर्ग, जात, धर्मको भित्ताले, एकतालाई फुकायो ।

लोकतन्त्र बोल्छ जनताको भाषा,सुन्ने कान कहाँ छ ?
अधिकारको माला गुथ्दा,कर्तव्यको धागो वहाँ छ ?
स्वार्थको अँध्यारो तर्साउँछ,साझा सपनालाई,
सहिष्णुताको दीप बाल्न,बाँकी छ अझै पनि बाटो खोज्नलाई ।

यो जीवन्त प्रयोग चलिरहेछ, सुधार्ने जिम्मेवारी हाम्रो छ,
न्यायको बाटो बनाउने, हरेक कदम सावधानीले हिँड्नु पर्छ ।
लोकतन्त्र र समाजको गाडी, चलाउने पाङ्ग्रा जनताको हात,
सच्चाइ र न्यायको सहारामा, भविष्य उज्यालो बनाउन रहौं एक साथ ।

वि.सं.२०८२ साउन ३ शनिवार १०:४८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...