back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन १० शनिवार

3K 

shares

मिरा ज्ञवाली आस्था,काठमाडौँ

छैन प्रेम लाखौं धन खर्चिएर के हुन्छ
मूर्तिसामु नौनीझैँ पग्लिएर के हुन्छ

जिन्दगी परीक्षा हो बन्छ श्रम लगानीले
गर्नुपर्छ सङ्घर्ष तर्किएर के हुन्छ

रातदिन खटेका छन् कर्म साधनामा जो
छन् सफल उनै मान्छे लोभिएर के हुन्छ

छन् खुसी यतै घरमा बुझ्नुपर्छ हामीले
छैन प्रेम धनमात्रै बर्सिएर के हुन्छ

जन्मिँदै छ लेखेको पाउने त्यही नै हो
छैन जे त्यहीमात्रै सम्झिएर के हुन्छ

बहर : हजज मुसम्मन अश्तर
अर्कान : फाइलुन मुफाईलुन फाइलुन मुफाईलुन
वजन : २१२ – १२२२ – २१२ – १२२२
काफिया : इएर
रदिफ :के हुन्छ
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ साउन १० शनिवार ०९:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...