back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन १७ शनिवार

3.1K 

shares

नवराज न्यौपाने ’मौन’

यता सुन्दा सधैँ राम्रा कथा वाचन भएका छन्
उता सुन्दा गफाडीका वृथा गायन भएका छन्

झनै राम्रो बनी हिँड्दा कुरा का्ट्ने बढे धेरै
नियम कानुन ठुलालाई सही साधन भएका छन्

कता मिल्ला अहो शान्ति भनी दौडे सबै मान्छे
भलो गर्ने असल हो जो उनै सज्जन भएका छन्

बजाएका कुरा गर्छाै लुटी खायौ मुलुक मेरो
सजाएका नयाँ आशा सधैँ धड्कन भएका छन्

कहाँ तिम्रो खुशी हाँसो कहाँ मेरो गथासो यो
लुकेका देवता मार्फत सबै मापन भएका छन्

( परिश्रमी पाठशाला)
बहर : हजज मुसम्मन सालिम
अर्कान : मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन्
वजन : १२२२ – १२२२ – १२२२ – १२२२
काफिया : अन
रदिफ :भएका छन्

 

वि.सं.२०८२ साउन १७ शनिवार ०९:३८ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...