back
CTIZAN AD

संसारभरी हाम्रो सामान बेचौं बरिलै

वि.सं.२०८२ साउन ३१ शनिवार

9.3K 

shares

ल्याको भन्छौ समाजवाद, संविधानमा लेखेर
कहिल्यैकतै आउने हैन, बग्गि चढेर ।
भूईचालो र कोरोनाले, आत्मनिर्भर सम्झायो
स्वाधिनता र समृद्धिको, सपना बरीलै ।।

कोभिड भन्ने भाइरसले, चेतावनी दिँदानी
मगन्ते–संस्कृतिमा, धोका पाउँदानी ।
अझै हाम्लाई चेत खुलेन, माटो प्रेम जागेन
आयातमुखि अर्थतन्त्र, बन्यो बरीलै ।।

फलफूल माछा मासु, दुध दहि तरकारी
खरबौको ब्यापार घाटा, डाटा सरकारी ।
ब्यबशायिक उत्पादनमा, जमिनको प्रयोगलाई
नयाँ सोचको अभियान, बढाउ बरिलै ।।

अहिले पनि उत्पादनमा, जुटने किसान निराश छन्
मल, बीउ सिंचाइका, गोता भोग्दैछन् ।
प्रभावकारी बिमा छैन, बिचौलीयाको बजार
टाउको ठोक्दै किसान, रुन्छन बरिलै ।।

कृषिबाटै देश बनाउन, फर्कि नेपाल आएका
लाख करोड डुबाएर, बाहिरै फर्केका ।
माटोसँग खेल्नेलाई, हेप्ने हाम्रो संस्कार
लगानी र जीवनको, भएन भरोशा ।।

सस्तो दाममा विदेशमा छन्, नेपालीका पाखुरा
सत्तरी लाख नाघिसक्यो, गरौं के कुरा ? ।
अझै कति पुस्तालाई, विदेश जानै पर्ने हो
यी बाध्यता तोड्न अब, पर्छ बरीलै ।।

एउटै वडा तल्लो टोलमा, आप र केरा फल्दछ
माथील्लोमा सुन्तला र, स्याउ झुल्दछ ।
यार्साजस्ता जडिबुटी, अन्न भण्डार तराई
व्यवसायिक उत्पादन, सोचाैं बरिलै ।।

पालिकाका घरधुरी, सबै जनता समेटी
कृषि सहकारीलाई, जग्गा लिजमा दिई ।
उत्पादन दोब्बर पारौ, रोजगारी बढाऔं
संसारभरी हाम्रो सामान बेचौ बरिलै ।।

लेखक, नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष हुन् )

 

वि.सं.२०८२ साउन ३१ शनिवार ०७:४१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...