back
CTIZAN AD

चारु

वि.सं.२०८२ कात्तिक २२ शनिवार

1.1K 

shares

तारा घिमिरे स्वेच्छा,खांदबारी ३, सङ्खुवासभा

गुलाफको फूल जस्तै मन पर्ने तिमी
रङ्गमा रस घोलेर बास्ना छर्ने तिमी

असल छ बानी बेहोरा मिठो बोली दिने
इज्जत सधैं सम्मान गर्नु पर्ने तिमी

खेत बारी भीर पाखा उकाली ओराली
दैनिक काम गर्न बेशीमा झर्ने तिमी

जिन्दगीको भेल बाढी प्रवाह नगरी
वर्षा यामको खहरे खोला तर्ने तिमी

कर्के नजर लगाई हेर्छौ प्रेम पोखी
सुटुक्क यो मुटुमा बसाई सर्ने तिमी

अक्षर सङ्ख्या : १४
आदि अनुप्रास : अर्ने
शेष अनुप्रास : तिमी

वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:०४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...