back
CTIZAN AD

जुनकिरी साहित्य समाजको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वि.सं.२०८२ माघ ७ बुधवार

1.4K 

shares

काठमाडौँ । जुनकिरी साहित्य समाजले आफ्नो स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा विशेष वार्षिकोत्सव कार्यक्रम भव्य र अर्थपूर्ण रूपमा सम्पन्न गरेको छ । साहित्यिक चेतना, सिर्जनशील ऊर्जा र भावनात्मक सौन्दर्यको अनुपम सङ्गम बनेको उक्त समारोहले सहभागी स्रष्टा–सर्जकहरूलाई गहिरो अनुभूति दिलाएको थियो ।

भर्चुअल माध्यममार्फत भएकाे वार्षिकोत्सवमा संस्थाका अध्यक्ष राजेश भण्डारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम राष्ट्रिय गानको धुनसँगै औपचारिक रूपमा प्रारम्भ भएको थियो । कार्यक्रमको सञ्चालन सलिन विष्टले साहित्यिक मर्यादा र सन्तुलित प्रस्तुतीकरणका साथ प्रभावकारी रूपमा गरेका थिए ।

समारोहमा संस्थाका उपाध्यक्ष नेहा कँडेल, कोषाध्यक्ष नबिन रोकाया लगायत कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वागत मन्तव्यका क्रममा उपाध्यक्ष कँडेलले संस्थाले तय गरेको आगामी कार्यदिशा, साहित्यिक उद्देश्य र दीर्घकालीन यात्राबारे स्पष्ट धारणा प्रस्तुत गर्दै समाजको भावी योजनाबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा उपस्थित स्रष्टाहरूले आफ्ना विविध विधाका सिर्जनाहरू वाचन गर्दै कार्यक्रमलाई काव्यिक सुगन्धले थप जीवन्त बनाएका थिए । यसै अवसरमा आयोजना गरिएको मुक्तक वाचन प्रतियोगिताको नतिजा अध्यक्षद्वारा सार्वजनिक गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने स्रष्टाहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका प्रमाणपत्र प्रदान गरिएको थियो ।

विशेष सम्मानस्वरूप साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको कदर गर्दै सलिन विष्टलाई ‘उत्कृष्ट सर्जक’ उपाधिसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै कार्यक्रममा सहभागी सम्पूर्ण स्रष्टा तथा सर्जकहरूलाई प्रोत्साहनस्वरूप मायाको चिनो र प्रमाणपत्र वितरण गरिएको थियो ।

अध्यक्ष राजेश भण्डारीको समापन मन्तव्य तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणासँगै औपचारिक सभा विसर्जन गरिएको थियो । जुनकिरी साहित्य समाजको यो प्रथम वार्षिकोत्सवले नेपाली साहित्यको उज्यालो भविष्यप्रति आशा र विश्वास थप बलियो बनाएको छ ।

वि.सं.२०८२ माघ ७ बुधवार ११:२३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...